साँफेबगर विमानस्थलमा परीक्षण उडान सफल

 जेठ ११, २०७५ शुक्रबार १५:०:२७ | विमल बिष्ट
unn.prixa.net

डोटी, जेठ ११ – प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको अछामको साँफेबगर विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि आज शुक्रबार गरिएको परीक्षण उडान सफल भएको छ । 

विमानस्थल कालोपत्रे भएपछि समिट एयरको जहाजले परीक्षण  उडान गरेको हो । नाइन  एनएएमपी कलसाइन भएको जहाजले विहान परिक्षण उडान गरेको साँफबगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले जानकारी दिनु भयो ।  । विमान हुम्लाको सिमिकोटबाट साफेँबगरमा अवतरण भई त्यहाँबाट नेपालगञ्जका लागि उडेको थियो । १८ सिटे विमानलाई सिनियर पाइलट क्याप्टेन एडी शेर्पाले उडाएका थिए । 

नेपाल नागरिक उडड्यन प्राधिकरणले परीक्षण उडान आफ्नै लगानीमा  गर्दै आएकोमा आज शुक्रबार गरिएको परीक्षण उडान भने अनुरोधमा गरिएको हो । नेपालगञ्जबाट प्रदेश नम्बर ७ को बाजुरामा कहिलेकाही उडान गर्दै आएकोमा अन्य स्थानमा भने उडान बन्द रहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया