प्रधानमन्त्री ओली डिस्चार्ज : नियमित फलाे अपमा बस्नुपर्ने

 फागुन ३०, २०७६ शुक्रबार १८:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मृगौला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएकाे छ।

प्रधानमन्त्री ओली शुक्रबार बेलुकी ६:३० बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । गएकाे फागुन १९ गते अस्पताल भर्ना भइ २१ गते मिर्गाैला प्रत्याराेपण गरिएका प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताउनुभयो । 

चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन् ।

डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअफमा रहने उहाँका नीजि चिकित्सक डा. दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । आवश्यक सतर्कताका साथ आफ्नो नियमित सबै काम गर्न सक्ने अवस्थामा प्रधानमन्त्री भएपनि नियमित चिकित्सकको निगरानीमा हुनुहुनेछ ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि मन्त्रीहरु अस्पताल पुग्नुभएकाे थियाे । मिर्गाैला प्रत्यारोपण गराएको १० औँ दिन डिस्चार्ज हुनुभएका ओलीलाई उहाँकी भाञ्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गाैला दिनुभएको थियो । संग्रौला यसअघि नै डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया