सीमा नाकामा कडाइ गर्न बढाइयो जनशक्ति, थपियो ५० चेक प्वाइन्ट

 चैत २७, २०७६ बिहिबार १५:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – भारतसँग जोडिएको बाराको सीमा नाकामा सशस्त्र प्रहरीले एक सय २० जनशक्ति थप गर्दै जनशक्तिको सङ्ख्या तीन सय पुर्याएको छ। 

लकडाउनको अवधिमा भारतबाट मानिसहरु चोर बाटो हुँदै नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गर्न जनशक्ति थप गरिएको हो । 

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दिग्वजय सुवेदीले सीमा नाकामा ३० वटा चेक प्वाइन्ट बढाएर ८० वटा पुर्‍याइएको जानकारी दिनुभयो । 

सशस्त्र प्रहरीले आठ वटा नयाँ फरवार्ड वेस स्थापना गरेको छ । छतवा, पञ्चगछिया लगायतका ठाउँमा नयाँ फरवार्ड वेस स्थापना गरिएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

यसैबीच बारामा बाहिरबाट आएका एक सय सात जनालाई क्वरेेेण्टीनमा राखिएको छ । 

देशका विभिन्न ठाउँ र भारतबाट आएकाहरुको खोजतलास गरी क्वरेण्टीनमा राखिएको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया