फिदिममा प्याराग्लाइडिङ्को परीक्षण उडान सफल

 साउन १२, २०७५ शनिबार २०:४७:२५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरमा पहिलो पटक प्याराग्लाइडिङको परिक्षण उडान सफल रुपमा भएको छ । 

फिदिम नगरपालिका–२ मा पर्ने रमिते डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो । शनिबार दिउँसो करिब ४ वजे गरिएको परीक्षण उडान १७ मिनेटसम्म सफल भएको हो । 

रमिते डाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ फिदिम माविको खेल मैदानमा अवतरण गरिएको थियो ।

फिदिमका युवाको अग्रसरतामा भएको परीक्षण उडानमा भारत सिक्किमका प्याराग्लाइडिङ पाइलट केशव अधिकारी उड्नु भएको थियो ।

यसअघि जिल्लाको लबे्रकुटि र सिलौटी डाँडाबाट पनि प्याराग्लाइडिङ उडानका लागि सम्भाव्यताको खोजी गरिएको थियो । तर उडान सफल हुन सकेको थिएन् ।

परीक्षण उडान सफल भएपछि पाइलट अधिकारीले फिदिम क्षेत्रमा प्याराग्लाइडिङ उडानको लागि प्रचुर सम्भावना रहेको बताउनुभयो ।

प्याराग्लाइडिङको परीक्षण उडानको संयोजन गरेका फिदिमका व्यावसायी गणेश काफ्लेले अब सरकारबाट अनुमति लिएर यसै क्षेत्रबाट प्याराग्लाइडिङ उडानको व्यवसाय अघि बढाउने योजना रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया