८ महिने बालकसहित थप २७८ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ९१२ पुग्याे

 जेठ २३, २०७७ शुक्रबार १६:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा शुक्रबार थप दुई सय ७८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका दुई सय ७८ जनामा सङ्क्रमण देखिएकाे हाे । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या दुई हजार नाै सय १२ पुगेकाे छ । 

आज थपिएका सङ्क्रमितमा ८ महिने बालक पनि रहेका छन् । आज थपिएका कर्णाली प्रदेशका मात्रै एक सय जना रहेका छन् । 

सङ्क्रमितमध्ये निकाे भएर घर फर्किनेकाे सङ्ख्या तीन सय ३३ पुगेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुुगेकाे छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया