धादिङ : मानसिक अवस्था ठिक नभएकी महिलामा कोरोना, कन्ट्याक्ट ट्रेसिङमा समस्या

 जेठ २७, २०७७ मंगलबार ९:१६:५० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङमा एक बेवारिसे महिलासहित १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गजुरी गाउँपालिका-५ घाटबेसी क्षेत्रमा एक महिनादेखि बेवारिसे अवस्थामा रहेकी ३२ वर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु लगिएको गजुरी गाउँपालिका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिनुभयो ।

बेवारिसे अवस्थामा भेटिएपछि नियमित खाना खुवाउने लगायतका कार्य गर्ने समेतलाई पीसीआर जाँच गर्नका लागि गाउँपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु पठाएको छ।

सडकमा डुलिहिँड्ने बेवारिसे महिलालाई गाउँपालिकाले उद्धार गरेर पठाउन खोज्दा महिला सुरक्षा गृह र मानव सेवा आश्रमले पीसीआर रिपोर्ट माग गरेपछि परीक्षण गरिएको थियो ।

परीक्षणपछि कोरोनाकाे लक्षण देखिएकोले उहाँसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत समस्या भएको छ । मनोसामाजिक समस्या भएकी महिला भएको र अन्य रोगसमेत भएको आशंका गरिएको छ ।

महिला आफैँमा बोल्दा अगाडिकाे कुराहरु सम्झेर बोल्न र कुरा गर्नसक्ने हालतमा नभएकोले कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिनुभयो । कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब जेठ २१ गते संकलन गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया