सिरहामा २६ जनाले जिते कोरोना

 असार ५, २०७७ शुक्रबार २०:३१:२७ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा - सिरहा जिल्ला अस्पतालले निर्माण गरेको आइसोलेसनमा उपचाररत २६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो । 

उपचारपछि निको भएकामध्ये सिरहा नगरक्षेत्रका १८ जना, लहान नगरपालिकाका ५ जना, भगवानपुर गाउँपालिकाका २ र नरहा गाउँपालिकाका १ जना पुरुष रहेका छन् । कोरोना जितेर घर फर्किएका प्राय: सबै भारतबाट फर्किएर क्वरेण्टीनमा बसेका थिए । 

स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाइएको अस्पतालले जनाएकाे छ । २६ जनामध्ये २ जनाको आरडीटी परीक्षणमा कोरोना भएको पुष्टि भएको थियाे । अन्यलाई पीसीआर परीक्षण गर्दा कोरोना भएको पुष्टि भएपछि जिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राखिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया