सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले मध्यम शुरुवात गरेको छ ।
अहिलेसम्म २० ओभरको खेल सकिँदा नेपालले ५ विकेटको नोक्सानीमा ८८ रन बनाएको छ ।
पहिलो ५० रन ११.५ ओभरमा पूरा गरेको नेपालले त्यसपछि पनि नियमितरुपमा विकेट गुमाएको छ । अहिले कप्तान पारस खड्का र आरिफ शेख क्रिजमा छन् ।
पारसले २७ बल खेल्दै ३ चौकाको मद्दतले १६ रन बनाएका छन् ।
२० ओभर सम्म नेदरल्याण्ड्सले ४ जना बलर प्रयोग गरेको छ । जसमध्य फ्रेड क्लासन अहिले सम्म सफल बलर बनेका छन् । उनले ७ ओभर बलिङ गर्दा १ मेडन सहित ३ विकेट लिएका छन् ।
यसैगरी मिचेल रिप्पोनले १५ रन खर्चिएर १ विकेट लिए ।