जनकपुरबारेको अभिव्यक्तिमा माफी मागिन् भारतीय विदेशमन्त्री स्वराजले

 जेठ १५, २०७५ मंगलबार ९:४७:३८ | एजेन्सी
unn.prixa.net

भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा भारतीय नागरिकलाई संबोधन गरेको भन्ने आफ्नो भनाईप्रति माफी मागेकी छिन् । उनको भनाईप्रति चर्को विरोध भएपछि स्वराजले ट्वीटरमा त्यो भनाई आफ्नो गल्ती भएको भन्दै त्यसप्रति इमान्दारिताका साथ माफी मागेकी हुन् । 

भारतीय सरकारका उपलब्धिबारे भारतीय विदेश मन्त्रालयमा आयोजना भएको कार्यक्रममा स्वराजले भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं नेपालीलाई संबोधन गरेको उल्लेख गरेकी थिइन् । आफ्नो भाषणका क्रममा उनले नेपालको जनकपुरसमेत नभनि जनकपुर मात्र भनेकी थिइन् ।

 

यसको समाजिक सञ्जालमा विरोध भएको थियो । जसक्रममा मोदीले जनकपुरमा पुगेर भारतीय नागरिकलाई संबोधन गरेको भन्ने स्वराजको भनाईको भिडियो ट्वीटरमा शेयर गरेका केदार सुवेदीलाई कोट गरेर स्वराजले त्यो आफ्नो गल्ती भएको भन्दै माफि मागेकी हुन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया