नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
पाल्पा – भारी वर्षाले पाल्पामा घर भत्किँदा आमा र छोरा घाइते भएका छन् । तानसेन नगरपालिका–६ बर्तुङ्गमा शनिबार बेलुकी घर भत्किँदा ५२ वर्षीया लक्ष्मी पोखरेल र १९ वर्षीय छोरा अनिल घाइते भएका हुन् ।
उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । २०७२ सालको भूकम्पले चर्किएको घरमा पानी पस्दा घर भत्कीएको छोरा अनिल पोखरेलले जानकारी दिनुभयो ।
खाना खाएर बसिरहेको समयमा घर भत्किएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयको सहयोगमा घरमा रहेको सरसामान सुरक्षित स्थानमा लगिएको प्रहरीले जनाएको छ ।