स्याङ्जामा एक युवककाे कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ

 कात्तिक १३, २०७७ बिहिबार १७:५४:५३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

स्याङ्जा – स्याङ्जामा एक युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका ६ पुरीस्वाराका २९ वर्षीय सूर्यबहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रवक्ता अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा पुरीस्वाराका ३४ वर्षीय टाउके भन्ने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरेबहादुर गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

मङ्गलबार राति पुतलीबजार नगरपालिका ६ टक्सार कोल्डाँडा पहिरोमा मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप हुँदा सूर्यबहादुर गम्भीर घाइते भएका थिए । घाइते गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया