एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा लाग्ने, मोबाइल र इन्टरनेट बैंकिङमा शुल्क लिँदा जानकारी दिनुपर्ने

 पुस २३, २०७७ बिहिबार १७:३०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ । अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटकभन्दा धेरै पैसा निकाल्दा हरेक पटक बढीमा २० रुपैयाँ शुल्क काट्न पाइने राष्ट्र बैंकले जनाएको छ  ।

यसअघि कोरोना महामारीको बेलामा जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पनि पैसा नलाग्ने नियम बनाएको राष्ट्र बैंकले अब पैसा लाग्ने नियम बनाएको हो । 

यस्तै ग्राहकलाई पूर्व सूचना दिएर र अनुमति लिएर बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एसएमएस जस्ता विद्युतीय कारोबारको शुल्क लिन पाउने भएका छन् । अहिलेसम्म यो व्यवस्था नरहेको र अब भने अनुमति लिएर र जानकारी गराएर शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ । 

यस्तै बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारको पूर्ण सुरक्षाको प्रबन्ध मिलाएर विद्युतीय कारोबारमा प्रयोगकर्ताको युजर नेम र पासवर्ड हराएमा आफै प्राप्त गरेर फेरि सेवा सुरु गर्न सक्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया