अबको १५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने

 माघ १५, २०७७ बिहिबार ९:३:२६ | रासस
unn.prixa.net

काठमाण्डाै - अबको १५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने भएको छ ।

केही महिनाअघि नै मल ल्याउनेबारे नेपाल र बंगलादेशका सरकारी अधिकारीबीच छलफल भएको भए पनि विभिन्न प्राविधिक कारणले मल ल्याउन ढिलाइ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

यसअघि नै सरकारले बंगलादेशबाट मल आयात गर्ने बताए पनि मल आउन ढिलाइ भएको हो । अबको १५ दिनभित्र भने सबै मल आइसक्ने मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताउनुभयो ।

यो वर्षका लागि किसानहरुलाई रासायनिक मल नपाउने समस्या नहुनेगरी प्रक्रिया अघि बढाइएको र अहिले मलको अभाव नरहेको पनि सचिव कार्कीको भनाइ छ । यस्तै विदेशबाट ल्याइएको मल भण्डारणका लागि सातै प्रदेशमा प्रक्रिया थालिएको पनि उहाँले जानकारी दिनुभयो ।

भारतललगायत देशबाट जीटूजी मोडलमार्फत मल ल्याएर किसानलाई वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस्तै सरकारले यो वर्ष साढे ४ लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि आर्थिक व्यवस्थापन गरिसकेको जनाएको छ ।

किसानको माग साढे ७ लाख मेट्रिक टन रहेको भए पनि तत्काललाई साढे ४ लाख मेट्रिक टन मलका लागि मात्रै पैसाको बन्दोबस्त भएको मन्त्रालयका सचिव कार्कीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया