रोनाल्डोले क्लब छोडेपछिको पहिलो ला लिगामा रियल मड्रिडको सहज जित

 भदौ ४, २०७५ सोमबार ६:४९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडले नयाँ सिजनको ला लिगामा जितका साथ प्रतियोगिता सुरु गरेको छ ।

क्रिस्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लब छोडेपछि पहिलो पटक ला लिगामा उत्रिएको रियलले गेटाफेलाई दुई शून्यले हरायो । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियलको जितमा ग्यारेथ बेल र डानीयल कार्भाजलले एक एक गोल गरे ।

स्पेनीस सुपर कपको फाइनलमा एथ्लेटिको मड्रिडसँग पराजित भएपछि पहिलो पटक मैदानमा उत्रिएको रियलले २० औं मिनेटमा डानीयलको गोल मार्फत अग्रता बनायो । पहिलो हाफमा एक गोलले अगाडि रहेको रियालले ५१ औं मिनेटमा दोस्रो गोल गर्यो ।

यसपटक उसका लागि ग्यारेथ बेलले गोल गरे । त्यसपछि पाहुना टिम गेटाफे खेलमा फर्कन सकेन र रियालले सुरुवाती तीन अंक जोड्न सफल भयो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया