रणवीर सिंहसँग विवाहको तयारीमा रहेकी दीपिकाले पूर्वप्रेमीको फोटो सेयर गरिन्

 भदौ ४, २०७५ सोमबार १०:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा अहिले रणविर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा चलिरहेको छ । दीपिका रणवीर यही वर्षको नोभेम्बर २० मा इटालीको कोमो लेकमा विवाह गर्ने र विवाहका लागि यि दुवैले किनमेल समेत सुरु गरिसकेको खबरहरु आइरहेका बेला दीपिकाले यस्तो फोटो सेयर गरेकी छिन् जसका कारण अहिले उनी चर्चामा छिन् । दीपिकाले उनको इन्स्टाग्राममा एक फोटो सेयर गरेकी छिन । जुन फोटोमा उनी रणवीर कपूरका साथ पोज दिइरहेकी देखिन्छिन् ।

रणविर सिंहका साथ विवाहको तयारी गरिरहेकी दीपिकाले अर्का अभिनेता रणवीर कपूरको फोटो सेयर गर्नुलाई यतिबेला सबैले अचम्म मानेका छन् । उनी केही समय अघि रणवीर कपूरसँग गहिरो प्रेममा थिइन् । लामो समयसम्म यि दवै एकअर्काको साथमा रहे तर सम्बन्ध कुनै असमझदारीका कारण टुट्यो । दीपिका रणवीर बीचको प्रेम सम्बन्ध टुटे पनि दुवैले फिल्म ‘तमासा’ र ‘ए जवानी हे दीवानी’ जस्ता हिट फिल्ममा जोडीको रुपमा काम गरिसकेका छन् ।

 

 

Capturing Moments 📸📸 #WorldPhotographyDay

A post shared by Deepika Padukone (@deepikapadukone) on

दुवै अहिले पनि असल साथीको रुपमा एकअर्कासँग आफ्ना कुराहरु सेयर गर्छन् । आइतबार अर्थात अगष्ट १९ मा विश्व फोटाग्राफीे दिवसमा दीपिकाले तिनै पूर्वप्रेमी रणवीर कपूरसँगको फोटो सेयर गरिन् । यो फोटो दीपिका र रणबिरको फिल्म ‘तमाशा’को शुटिङका क्रममा लिइएको हो ।

फोटोमा दीपिका हातमा क्यामेरा समातेर पहाड तथा सुन्दर दृश्यको फोटो लिइरहेकी देखिन्छिन् भने त्यसको ठीक विपरितको पहाडबाट रणवीर कपूर फोटोको लागि पोज दिइरहेका देखिन्छन् । विश्व फोटोग्राफी दिवसका दिन दीपिकाले पूर्वप्रेमिका रणवीर कपूरको फोटोे नै किन सेयर गरिन त ? के रणवीर प्रतिको माया अझै पनि दीपिकाको मनमा बाँकी नै छ ? यसरी फोटो सेयर गर्दा रणवीर सिंहले यसलाई कसरी लिनेछन् ? वा यसले उनको विवाहमा कस्तो असर पर्नेछ ? यि यस्तै खालका प्रश्न तथा आँकलन अहिले विभिन्न मिडिया तथा प्रशंसकले गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया