कञ्चनपुरमा गोली चल्यो : आठ घाइते, एक जनालाई उपचारका लागि भारत लगियो

 भदौ ७, २०७५ बिहिबार १३:५३:३३ | दुर्गा उपाध्याय

कञ्चनपुर  – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका छन् । 

आज कञ्चनपरको महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सन्तोष कुमार कठरिया, तेजराज भट्ट र अर्जुन भण्डारा घाइते भएका छन् । भण्डारालाई थप उपचारको लागि भारत पठाइएको छ भने सन्तोषकुमार कठरिया र तेजराज भट्टलाई पनि अस्पतालले रिफर गरिदिएको छ । 

बिहीबार भएको प्रर्दशनमा प्रहरीसँगको झडपमा कृतप्रसाद भण्डारी, मनोज बुढा, सञ्जय खड्का, हर्क बहादुर पाल र महेशराज भट्ट पनि घाइते हुनुभएको छ ।

प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिष्टलाई जबर्जस्ती अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै स्थानीय बासिन्दाले पन्तको बलात्कार र हत्यामा संलग्नलाई जोगाउन खोजेको आरोपमा आन्दोलन गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया