खोलामा डुबेर बालकको मृत्यु

 भदौ १९, २०७५ मंगलबार ६:२:५८ | उज्यालो सहकर्मी

उदयपुर - कटारी नगरपालिका वडा नं. २ तावा खोलामा डुकेर एक बालकको ज्यान गएको छ । बिनोद कुँवरको डेढ वर्षीय छोरा ऋषिको सोमबार ज्यान गएको हो । 

सोमबार दिउँसो घर नजिकैको तावा खोलामा खेल्न जाने क्रममा डुबेपछि स्थानीयबासिन्दाले उद्धार गरी उपचारको लागि कटारी अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया