बाढी र पहिरोको चपेटामा परेको बस्तीको उचित व्यवस्था गर्छु : प्रम ओली

 भदौ २३, २०७५ शनिबार १५:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले बाढी र पहिरोको चपेटामा परेको बस्तीको उचित व्यवस्था गर्ने बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले ५ वर्षभित्र गरिबी अन्त्य गर्ने घोषणा पनि गर्नुभयो । शनिबार ओली वंश अक्षय कोषले आफ्नै सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले गरिबी अन्त्यका लागि विकास निर्माणको कामलाई तीव्र रुपमा अघि बढाइएको दावी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विकास निर्माणको काममा भ्रष्टाचार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । उहाँले केही स्वार्थी तत्वहरुले आफ्नो स्वार्थसिद्धिका लागि सरकारको विरोध गरिरहेको आरोप पनि लगाउनु भयो ।

प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्ध बनाउन लागिएको पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकको समृद्धिका लागि पूर्वजहरुको ज्ञान, सीपको उपयोग गरेर अघि बढने योजना पनि सुनाउनु भयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया