गोरखाकाे सिर्दिवासबाट १० किलो सुनसहित दुईजना पक्राउ

 भदौ २३, २०७५ शनिबार १७:५१:२१ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको सिर्दिवासबाट १० किलो सुनसहित दुईजना पक्राउ परेका छन् ।

चुम्नुब्री गाउँपालिका वडा नम्बर ७ को चीनसँग जोडिएको छेकम्पार  नाका हुँदै सुन तस्करी गरेका नुटुप लामा र लुप्चन पेम्बालाई प्रहरीले पक्राउ गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

नाकाबाट सुन तस्करी गरेर बजारतर्फ जाँदै गरेको सूचनाका आधारमा प्रहरीले जाँच गर्दा सुनसहित २ जनालाई पक्राउ गर्न सफल भएको  उहाँले जानकारी दिनुभयो । सुन तस्करी बढ्न थालेपछि पछिल्लो समय सुरक्षा जाँच बढाइएको पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया