पत्रकार कृष्ण आचार्यको उपन्यास 'अप्रिल फुल' सार्वजनिक

 भदौ २४, २०७५ आइतबार ५:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक सामाजिक मनोविज्ञानका विषयवस्तुमा आधारित छ । पुस्तकको साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योती जंगलले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार धरावासीले वर्तमान समय सापेक्ष विषयवस्तुलाई समेटेर उपन्यास तयार पारेकाले यसले आम पाठकको मन जित्ने बताउनुभयो ।

कवि जंगलले समाजमा रहेको वर्तमान अवस्था र युवा मानसिकतालाई उपन्यासमा निकै सरल तथा मिठो ढंगले प्रस्तुत गरिएको बताउनुभयो।

गायक शर्माले उपन्यासको भाषा निकै सरल र विषयवस्तुले युवापुस्तालाई केन्द्रमा राखेर लेखिएकाले उपन्यास राम्रो रहेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ३०, २०७५

तपाईको प्रतिक्रिया