अटो रिक्सा दुर्घटना हुँदा चालकको ज्यान गयाे

 पुस १८, २०७८ आइतबार २०:२६:३९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – राेल्पा आज आइतवार दिउँसाे अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । रोल्पा नगरपालिका–९ ह्वामाबाट लिबाङ आउँदै गरेको रा १ ह ३०५१ नम्बरको अटो दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका ९ सखीका ३४ वर्षीय खुम रोकाको ज्यान गएकाे प्रहरीले जनाएको छ ।

सदरमुकाम लिबाङबाट यात्रु लगेर फर्कने क्रममा अटाे रिक्सा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले बताउनुभयो ।

विदेशबाट फर्केर केही दिनदेखि मात्रै अटो चलाउन थालेका रोकाले कच्ची सडकमा पहिलो पटक चलाएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया