विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिजसँगको श्रृङ्खला खेल्छौ...
बैशाख १५, २०८१ शनिबार
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही दिनअघि श्रीलंकन एअरलाइन्सबाट भ्रमण गर्ने क्रममा मान्छेले खान नमिल्ने गुणस्तरको काजु दिइएको गुनासो गरेका छन् ।
‘वास्तवमा त्याे काजु कुकुरलाई पनि दिन नमिल्ने खालको थियो,’ राष्ट्रपतिले थपे ।
त्यो एअरलाइन्स करिब एक अर्ब डलर ऋणमा डुबेको छ । एअरलाइन्सले राष्ट्रपतिले आफूलाई दिइएको गुणस्तरहीन काजुका बारेमा गरेको गुनासोको जवाफ दिन भने बाँकी छ ।
हालका वर्षहरुमा श्रीलंकन एअरलाइन्समाथि भ्रष्टाचारको आरोप लाग्दै आएको छ । भ्रष्टाचारको आरोप सम्बन्धमा राष्ट्रपति स्तरको विशेष छानबिन समितिले एअरलाइन्समाथि अनुसन्धान गरिरहेको छ ।
राष्ट्रपतिबाट नै गुनासो आए पनि विमानमा बाँडिएको काजुमा वास्तवमै के खालको खराबी थियो भन्ने कुरा चाहिं स्पष्ट भएको छैन ।
दक्षिणी श्रीलंकामा भएको किसानहरुको कार्यक्रमहरुमा गएको सोमबार बोल्दै राष्ट्रपति सिरिसेनाले गएको हप्ता बिमस्टेक सम्मेलन सकेर नेपालको राजधानी काठमाडौंबाट राजधानी कोलम्बो फर्कने क्रममा आफूलाई उक्त गुणस्तरहीन काजु दिइएको पनि स्पष्ट पार्नुुभयो ।
‘म नेपालबाट फकिंर्दै गर्दा, उनीहरुले मलाइ विमानमा केही काजु दिए,जुन काजु मानिसहरुको त कुरै छौडौं, कुकुरलाई दिन पनि योग्य थिएन, यस्ता वस्तुहरु कसले सदर गर्छ ?’ उहाँले दक्षिणी श्रीलंकाका किसानहरुलाई भन्नुभयो ।
‘यस्तो काजु बाँड्न कसले अनुमति दियो ? यसको जिम्मेवारी कसले लिन्छ ?’
विमानमा बाडिने काजु तथा बदामहरुका बारेमा समाचारका हेडलाइन बनेको यही पहिलो पटक भने होइन । ४ वर्ष अघि कोरियन एअरका एक कर्मचारीले आफूलाई विमानका कर्मचारीले काजु प्लेटमा नदिइ प्याकेटमै दिन खोजेका कारण विमानलाई ढोकातिर नै फर्काउन लगाएका थिए ।
त्यस घटनामा विमान कम्पनीका मालिक चो याङ हो की छोरी हिदर चो लाई विमानको सुरक्षामा लपरबाही गरेको अभियोगमा केही महिना जेलमा हालिएको थियो ।
।