हेर्ने कथा १४ - जिन्दगीको कथा

 भदौ ३०, २०७५ शनिवार २१:३:३ | उज्यालो सहकर्मी

धनकुटा मुलघाटको विश्रान्ति आश्रम । जिन्दगीले विश्राम गर्ने उमेरका बाआमा परिवारका सदस्यजस्तै भएर बसेका छन् । यहाँ आउनुभन्दा पहिले सबै बिरानो थिए । तर अहिले उनीहरु एकअर्काका सुखदुःखका साथी भएका छन् । कोही परिवारका सदस्य गुमाएर यहाँ आए ।

कोहीले हुँदाहुँदै छाडेर आए । कथा, व्यथा आआफ्नै भए पनि जिन्दगीको भोगाई साझा छ, उनीहरुको । जिन्दगीको हिसाबकिताब र अपेक्षाको लेनदेन केही छैन । जिन्दगीले भोग्ने जति भोगिसक्यो । देख्ने जति देखिसक्यो । सहने जति सहिसक्यो । अब पाउनु र गुमाउनु केही पनि छैन ।

तमोर नदीजस्तै बगिरहेको छ सबैको जिन्दगी । हेर्नुपर्नेले नहेरे पनि उनीहरुलाई अब पछुतो छैन । आफ्ना पराइ भए पनि पराई आफ्ना भएका छन् । जिन्दगीको अन्तिम क्षण सुखदुःख चलिरहेको छ । विश्रान्ति आश्रममा बस्नेहरुको जिन्दगी देखेर लाग्छ, मान्छे जस्तो पीडा पनि सहन सक्छ । जिन्दगीको केही भर हुन्न । अनि जिन्दगी पढ्ने होइन, भोग्ने कहानी रहेछ ।

भिडियो हेर्नुहोस् ।

 

अन्तिम अपडेट: असोज ८, २०७५

तपाईको प्रतिक्रिया