डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल, कांग्रेसले छुट्टै उम्मेदवारी दिने

 बैशाख १२, २०७९ सोमबार १०:५३:३९ | विमल बिष्ट
unn.prixa.net

डाेटी - डोटीमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गर्ने सहमति भएको छ ।

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ वटा पालिका रहेको डोटीमा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआईसिंह तथा बोगटान फुड्सिल गाउँपालिका गरी पाँच तथा एकीकृत समाजवादीले शिखर नगरपालिका, जोरायल, बडिकेदार, पूर्वीचौकी गाउँपालिका गरी चार पालिका लिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने निर्णय गरिएको भए पनि कांग्रेस कार्यकर्ताको विरोधपछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको माओवादी केन्द्रका डोटी जिल्ला अध्यक्ष शिवसिंह ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'सत्तारुढ दलहरुबीच गठबन्धनका लागि गएराति सहमति भएको थियो, कांग्रेसका जिल्ला तहका नेता कार्यकर्ताले नमान्दा कांग्रेससँग सहमति भएन । हामी दुई पार्टी समाजवादी र माओवादीले गठबन्धन गरेर जाने निर्णय गर्याैँ।'

डोटीमा कांग्रेस एकल रुपमा चुनावमा जाने र नौ वटै पालिकाका लागि आजै उम्मेदवारी दिइने कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया