वडाध्यक्ष र सचिव कार्यकक्षमै तीन घण्टा थुनिए

 जेठ २३, २०७५ बुधबार २०:१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – वास्तविक बाढी पीडितको नाम छुटाएको आरोप लगाउँदै दुर्गा भगवती गाउँपालिका –२, भलोहियाका स्थानीय नागरिकले वडाध्यक्षसहित सचिवलाई वडा कार्यालयमा बुधबार ३ घण्टा सम्म थुनेका छन् ।

गएको साउन महिनामा आएको विनाशकारी बाढीमा भएको जनधनको ठूलो क्षति भए पनि दुर्गा भगवती गाउँपालिका वडा नम्बर –२, भलोहियाका वास्तविक बाढी पीडितहरुको नाम हटाएर नक्कली पीडितको नाम चढाएको भन्दै जनाउदै स्थानीय बासिन्दाले वडाध्यक्ष सुरेश चौधरी र सचिव नवलकिशोर झालाई उनकै कार्यकक्षमा ११ बजे देखि ३ घण्टा सम्म थुनेका हुन् ।

सयौंको संख्यामा रहेका स्थानीयले आज बिहान ११ बजे वडा कार्यालयमा उपस्थित भएर चौधरी, झा सहितका पदाधिकारी एवं कर्मचारीहरुलाई कोठामा थुनेर ताल्चा लगाएका थिए ।

ताल्चा लगाएको खवर पाउना साथ इलाका प्रहरी कार्यालय गंगापिपरा, सशस्त्र प्रहरी बेस क्याम्प भलोहियाका संयुक्त सुरक्षाकर्मीहरुको टोली पुगेर ताला खुलाउने निकै प्रयास गरे तर सफल भएनन् ।

गाउँपालिका अध्यक्ष अरुण साहले निकै सम्झाएपछि आक्रोशित बनेका  स्थानीय बासिन्दाहरु आफ्नो मागलाई सम्बोधन नगरेमा ताला नखोल्ने शर्त अघि सारेपछि अध्यक्षले वास्तविक बाढीपीडितको पहिचान गर्ने वाचा गरेपछि उनीहरुले तालाखोलेको स्थानीय बासिन्दा अमरनाथ यादवले बताउनुभयो ।

जम्मा ४ हजार पाँच सय बाढीपीडित परिवारलाई राहत दिन आएको रकम मध्ये हाल सम्म २२ सय परिवारको खातामा सहयोग रकम पठाइसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारीएवं विपद व्यवस्थापन समितिका अध्यक्ष गोविन्द रिजालले विवादित ठाउँहरुमा चाँडो भन्दा चाँडो समस्या समाधान गरेर नाम नपठाएमा रकम फ्रिज हुने सम्भावना रहेको हुँदा विवाद नगरी वास्तविक बाढीपीडितको नामावली पठाउन स्थानीय तहका पदाधिकारीँंग आग्रह गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया