पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका सिंह सर्लाही ४ बाट विजयी

 मंसिर ८, २०७९ बिहिबार २१:२८:४ | रामबाबु खड्का
unn.prixa.net

फाइल तस्बिर

सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह विजयी हुनुभएको छ । 

सिंहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायलाई १ हजार ७ सय ६४ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । सिंहले २० हजार १७ मत प्राप्त गर्दा रायले १८ हजार २ सय ५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सिंह २०७० र २०७४ को दुवै चुनावमा त्यसै क्षेत्रबाट निर्वाचित  हुनुहुन्थ्यो । कांग्रेसले सिंहलाई टिकट नदिएर रायलाई दिएपछि उहाँले पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियाे ।  

त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार मधुमाला देवी रायले १४ हजार ६ सय २२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया