सर्लाही-२ मा अग्रता बढाउँदै महिन्द्र राय यादव

 मंसिर १०, २०७९ शनिबार ११:५:३६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाही-२ मा महिन्द्र राय यादवले मतान्तर बढाउँदै जानुभएको छ। रायले निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार राजेन्द्र महतोसँग १ हजार ४५ मत को मतान्तर बढाउनु भएको हो।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा उठ्नु भएका रायले २० हजार ७३८ मत प्राप्त गर्नुभएको  छ। उहाँका  निकटतम् प्रतिस्पर्धी लोसपाका उम्मेदवार  महतोले १८ हजार ७९३ मत ल्यानुभएको छ ।

अहिलेसम्म ६६ हजार २३० मत मतगणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब  करिब ८ हजार ५०० भन्दा बढी  मत मात्र गन्न बाँकी रहेको बताएको  छ ।

त्यस्तै, नेकपा एमालेका राजनारायण साहले १३ हजार ६४३ मत प्राप्त गर्नुभएको  छ। 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया