सीजी मोटोकोर्पलाई ५ उत्कृष्ट अवार्ड

 असोज १९, २०७५ शुक्रबार २०:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । 

सिजी मोटोकोर्प नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिंगको अटोमोबिल विभाग हाे । 

कम्पनीले २०१७को सर्वाधिक पार्ट्स विक्री वितरण प्रति साधन दक्षिण एसिया, २०१७को सर्वाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया, २०१७ को सर्वाधिक नेटवर्क विस्तार पुरस्कार जित्न सफल रह्यो भने २०१७ को सर्वाधिक बजार सेयर तथा २०१७को सर्वाधिक विक्रीवितरण उपाधिमा द्वितीय स्थान हात पार्न सफल रह्यो । 

सेप्टेम्बर २७–२८ मा नयाँ दिल्लीमा आयोजित अवार्ड समारोहमा उत्कृष्ट नामहरु अफ्रिका, मध्यपूर्व तथा दक्षिण एसियाका प्रतिनिधिका रुपमा सहभागी ६० भन्दा बढी सुजुकी कार विक्रेताहरुमध्ये छनौट गरिएको थियो । 

 


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया