विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
बैशाख १४, २०८१ शुक्रबार
काठमाडाैं – रामेछापका ७५ वर्षीय नैनबहादुर मगर नयाँ नोट बोकेर सुन्धारा पुग्नुभयो । काठमाडौं मल अगाडिको भिडभाडमा उहाँलाई बस्ने ठाउँ चित्त बुझेन । उहाँ फुटपाथकै यात्रु प्रतिक्षालयमुनी टुक्रुक्क बस्नुभयो । आफ्नो अगाडि बैंकबाट झिकेर ल्याएका नयाँ नोट ओछ्याउँदै भन्न थाल्नुभयो, ‘नयाँ नोट साट्नुस्, सयकडा दशका दरले ।’
उहाँले नोटको व्यापार गरेको यो पहिलो पटक भने होइन । अघिल्लो वर्ष पनि यसरी नै नयाँ नोट साट्ने काम गर्नुभएको थियो । त्योबेला चार पाँच दिन बसेर छ सात हजार कमाई भएको थियो । ‘यो पटक पनि दसैँ खर्च जुटाउन मैले नोटको व्यापार गर्ने सोचेको हुँ ।’ नैन मगरले भन्नुभयो, ‘केही गर्नुपर्छ भनेर नै अघिल्लो वर्ष गरेकोे काम दिमागमा आयो ।’
मगर केही महिनादेखि छोरासँग काठमाडौंको बाफलमा बस्दै आउनुभएको छ । छोराले गाडी चलाउँछन् । नेपाल राष्ट्र बैंकले दसैँको लागि नयाँ नोट साट्न पाइने भनेपछि उहाँले आफ्नो छोरासँग सल्लाह गर्नुभयो । छोरा गाडी चलाउने भएपछि समय नहुँदा उहाँ आफैं बैंकमा नयाँ नोट साट्न जानुभयो ।
नोट साट्ने काम त्यति सजिलो भने छैन । हट्टाकट्टा युवाहरुलाई त दिनभरिको चर्को घाममा लाइनमा बसेर नोट साटेर ल्याउन गाह्रो हुन्छ । बुढो मान्छेलाई के होला ?
दिनभरिको चर्को घाममा लाइनमा उभिएर उहाँले सिंहदरबार अगाडिको राष्ट्रिय वाणिज्य बैंकबाट २७ हजार नयाँ नोट साट्नुभयो । केही काम नगरेर बसे अल्छी भइन्छ र अल्छी मान्छे भोकभोकै मर्छ भन्ने उहाँको बुझाई छ ।
उहाँसँग पाँच, दश, बीस, पचास र सयका नयाँ नोटहरु छन् । एकहजार रुपैयाँ साट्नेसँग उहाँले सय रुपैयाँ लिनुहुन्छ । ‘पहिलो दिनमै आठसय कमाई भयो, बढी व्यापार हुने भनेको घटस्थापनादेखि फूलपातीको दिनसम्म हो ।’ उहाँले खुसी हुँदै भन्नुभयो, ‘जति हुन्छ त्यतिबेला नै हुने हो । त्यसपछि त घर गइन्छ ।’
राष्ट्र बैंकले नयाँ नोट साट्न दिएपछि नैन मगर जस्तै अरु पनि यसरी नै सयकडा दशका दरले सडकमा बसेर यो व्यापार गरिरहेका छन् ।
खासै धेरै फाइदा नभएपनि मेहनत गरेअनुसारको आम्दानी हुनेगरेको बताउनुहुन्छ काभ्रेका हरि कृष्ण गिरी ।
उहाँ अरुबेला फुटपाथमा कपडाको पसल चलाउनुहुन्थ्यो, तर यो समयमा भने उहाँलाई नोटको व्यापार गर्नमै आनन्द छ । ‛व्यापारको सिजन त हो, हामीजस्तो फुटपाथमा व्यवसाय गर्नेहरुलाई यस्तै हो, फेरि फेरि व्यापार गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘दसैँ खर्च टरे त भैहाल्यो नि, पछिको पछि नै हेरौंला ।’
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।
राम
Oct. 11, 2018, 4:20 a.m.नोटको व्यापार गर्न पाइन्न नि त पत्रकारा महोदय । यसलाइ मेहनतको कमाइ भनेर प्रश्रय नदिनुराम्रो ।