बाग्मती प्रदेशले टुङ्ग्यायाे आठ मन्त्रीकाे नाम

 माघ ११, २०७९ बुधबार ११:४७:४७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीकाे टुङ्गो लगाएकाे छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयकाे भागबण्डा मिलाएका हुन्।

एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ भने रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र केशव पोख्रेलले प्रदेशको पशुपक्षी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउनु हुनेभएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलाललाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइने भएकाे छ । माओवादीकी सांसद कुमारी मोक्तानलाई फेरि सामाजिक विकास मन्त्री बनाइएको छ भने माओवादीका गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला मन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।

राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री हुनुहुने भएको छ भने पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय पनि राप्रपाले पाउने भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया