सवा दुई करोड मूल्यभन्दा बढीको रुद्राक्ष लुटियो

 असोज २७, २०७५ शनिबार १५:५५:२९ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरको उत्तरी षडानन्द नगरपालिका–२, कुदाक काउलेको ताबुमा रहेको रुद्राक्ष नचिनेको मानिसको समूहले लुटेका छन् ।

शुक्रबार बिहान ७/८ जनाको नचिनेको मानिसको समूहले स्थानीय हिमाल तामाङ र षडानन्द नगरपालिकाका मेयर बीरबल राईको  साझेदारीमा लगाएको झण्डै २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

साझेदारीमा लगाएको रुद्राक्षको बगानलाई ३ वर्षका लागि ३० लाखको ठेक्कामा एक वर्षअघि षडानन्द नगरपालिका–३, खार्तम्छाका अगमसिंह राईले लिएका थिए । रुद्राक्ष बगानमा चारजना हेरालु राखेको भए पनि अज्ञात समूहले उनीहरुमाथि कुटपिट गरी रुद्राक्षका हाँगा काटेर लुटेर लगेको हेरालु साल्पासिलिछो गाउँपालिका दोभानेका ओमकार थुलुङले बताउनुभयो । 

अज्ञात समूहले बगानको सबैभन्दा राम्रो मुखादार भएको रुखको  दाना लगेको अर्का हेरालु षडानन्द नगरपालिका ६, केउरेनी पानीका कुबेर राईले बताउनुभयो ।
रुद्राक्ष लुट्ने समूहले उनीहरुको साथमा रहेको बन्दुकको कुञ्जोले कुटपिट गरेको प्रहरीले जनाएको छ । 

षडानन्द नगरपालिकाका मेयर कार्यालयको कामले आफू भोजपुर सदरमुकाम आएका बेला चोरी भएको मेयर बीरबल राईले बताउनुभयो । राईले भन्नुभयो, ‘म नगरपालिकाको कामले सदरमुकाम र हिमाल तामाङ बाहिर गएको वेला चोरी भयो । लुटिएको बोटमा फलेको रुद्राक्ष अहिलेको बजार मूल्यदरमा प्रतिगोटा एक लाख रुपैँयासम्म पर्छ ।’

मेयर राईले लुटपाटपछि जिल्ला प्रहरी कार्यालय भोजपुरमा आएर किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया