बर्दियाको ठाकुरबाबामा शनिवार 'वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला'

 फागुन २६, २०७९ शुक्रबार १९:२१:३६ | भावुक योगी
unn.prixa.net

बर्दिया – रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा सहभागी गराई आ–आफ्नो आवश्यकताअनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्‍याउनका लागि बर्दियाको ठाकुरबाबा नगरपालिकाले 'वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला' कार्यक्रम आयाेजना गरेकाे छ । नगरपालिका स्थापना भएको अवसरमा भोलि शनिवार फागुन २७ गते ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ र वृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र पाँच लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यसहित समुन्नत ठाकुरबाबा, सबल नगरवासी नारासहित नगरभित्रका जनशक्तिलई स्थानीय उद्योग, व्यवसाय, बैंकिङ, पर्यटन, होटल व्यवसायलगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउन भन्दै मेला आयोजना गरिएको हो ।

श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै, श्रमिकहरूको सीप र क्षमता अभिवृद्धि गर्दै, युवाहरूको कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न तथा श्रम बजारमा उनीहरूको माग र सम्मान वृद्धि गर्न मेला आयोजना गरिएको हो । स्थानीय बेरोजगार युवाहरूलाई सीप सिक्न अभिप्रेरित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारीकै लागि युवा शक्तिलाई विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा झन्डै १५ सय जनालाई सहभागिता गराउने नगरपालिकाले लक्ष्य लिएको छ ।

मेला दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामा स्विट्जरल्यान्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको नगरपालिकाकी उपमेयर विनाकुमारी भट्टराईले बताउनुभयो । मेलामा रोजगारसम्बन्धी जानकारी, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क, स्थानीय उत्पादनहरूको प्रदर्शनी, वृहत् रक्तदान कार्यक्रम, हाजिरी–जवाफ, सरसफाइ कार्यक्रम र संस्थापक जनप्रतिनिधिहरूलाई सम्मान गर्ने लगायतका कार्यक्रम हुने उहाँले बताउनुभयो ।

प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको समेत सहभागिता रहने मेलामा उद्योग, व्यवसायलगायत अन्य विभिन्न क्षेत्रका रोजगारदाताहरूको पनि प्रतिनिधित्व हुनेछ । यो कार्यक्रम हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बर्दियाको ठाकुरबाबा नगरपालिकासहित लुम्बिनी प्रदेशका ११ वटा जिल्लाका पालिकामा सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया