घट्यो उखु खेती, चिनी मिल धमाधम बन्द हुँदै

 फागुन ३०, २०७९ मंगलबार ९:१५:१३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - समयमा नै भुक्तानी नपाउने र पाए पनि लागत नउठ्ने समस्याका कारण उखु खेती घट्न थालेको छ । हरेक वर्ष भुक्तानीको समस्याका कारण उखु खेतीप्रति आकर्षण घट्न थालेको हाे।

सरकारले  निर्धारण गरेको उखुको समर्थन मूल्य किसानको हितमा नभएको कारण उखु खेती घट्दै गएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । यो मूल्यमा किसानले उखु बिक्री गर्दा लागत मूल्य समेत नउठाउने उहाँको भनाइ छ ।

सरकारले यस वर्ष उखुको लागि उखुको समर्थ मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ कायम गरिएको छ । उखुको उत्पादन घट्न थालेसँगै चिनी मिल समस्यामा पर्न थालेका छन् । उखु अभाव हुन थालेपछि सर्लाहीका  चिनी उद्योग बन्द हुन थालेका हुन् ।

उखु अभाव भएपछि बगदहमा रहेको  महालक्ष्मी सुगर मिल र धनकौलमा रहेको एभरेष्ट सुगर मिल बन्द भएका छन् । महालक्ष्मी सुगर मिल एक हप्ता अघि बन्द भएको हो । धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल माघको अन्तिम हप्तादेखि बन्द छ । यो उद्योगले अहिलेसम्म  किसानलाई  उखु खरिद बापत रकम भुक्तानी गर्न सकेको छैन ।

त्यस्तै सर्लाहीमा धेरै उखु क्रसिङ गर्ने इन्दुशङ्कर चिनी उद्योगले अहिलेसम्म २५ लाख ६२ हजार क्विन्टल उखु क्रसिङ गरेको छ । यस वर्ष  उद्योगले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया