पाटेबाघकाे आक्रमणबाट बर्दिया, बाँके र कैलालीमा ४ वर्षमा ३५ जनाको ज्यान गयाे

 चैत ६, २०७९ सोमबार १९:१२:५ | भावुक योगी
unn.prixa.net

बाघकाे आक्रमणमा परेकाहरूकाे तस्बिर

बर्दिया – बर्दियाकाे मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट साेमवार दिउँसो दुई जना महिलाको ज्यान गएकाे छ । मधुवन नगरपालिका ५ काे चिराैति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणबाट मधुवन ५ की ५० वर्षिया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढा क्षेत्रीकाे ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक प्रमुख दाेर्ण शर्माले जानकारी दिनुभयो ।

आज (साेमवार) बिहान घाँस काट्न सामुदायिक वनमा गएका उनीहरू अबेरसम्म पनि नफर्किएपछि खाेजी गर्ने क्रममा बाघको आक्रमणबाट ज्यान गएकाे अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

पाटेबाघको आक्रमणबाट बर्दिया, बाँके र कैलालीमा झन्डै चार वर्षको अवधिमा अहिलेसम्म ३५ जनाकाे ज्यान गएकाे राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख डा. रबिन कडरियाले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वन, बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनका साथै बर्दिया, बाँके र कैलालीका राष्ट्रिय वन तथा सामुदायिक वनमा पाटेबाघकाे आक्रमणबाट ३५ जनाको ज्यान गएकाे उहाँले बताउनुभयो । 

निकुञ्ज र राष्ट्रिय वनमा गरी सबैभन्दा धेरै बर्दियामा २७ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । बाँकेमा निकुञ्ज र राष्ट्रिय वनमा सात जना, कैलालीमा सामुदायिक वनमा एक जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख कडरियाका अनुसार पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १५ जना, बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा तीन जनाकाे ज्यान गएको छ । 

यस्तै बर्दियाकाे राष्ट्रिय वन र सामुदायिक वनमा १२ जना, बाँकेकाे राष्ट्रिय वन र सामुदायिक वनमा चार जना, कैलालीकाे सामुदायिक वनमा एक जनाकाे ज्यान गएकाे छ ।

गएकाे वर्षदेखि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण काेषलगायतका विभिन्न संस्थाले निकुञ्जकाे मध्यवर्ती क्षेत्र आसपासका स्थानीयहरूका लागि मानवीय व्यवहार परिवर्तन विषयक अभियान सुरु गरेपछि निकुञ्ज र सामुदायिक वनभित्र प्रवेश गर्ने क्रम घटेसँगै बाघ आक्रमणका घटना पनि कम भएको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने राष्ट्रिय वन र सामुदायिक वन आसपासका क्षेत्रमा स्थानीयहरू घाँस, दाउरा लिन जाने क्रममा बाघ आक्रमणका घटना हुने गरेको प्रहरीले जनाएको छ ।

यसैबीच बर्दिया क्षेत्र नम्बर २ काे १ का लुम्बिनी प्रदेश सासंद जन्मजय तिमिल्सिना र मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बाघ आक्रमणबाट साेमवार दिउँसो दुई जना महिलाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मान्छे मार्ने बाघलाई तत्काल नियन्त्रणमा लिन र बाघ आक्रमणका घटना राेक्न विशेष अभियान चलाउन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Sk

    March 21, 2023, 11:31 a.m.

    Yo ban jangal balera yo bagh palera kam chhaina yo army police lai hamro desko simana ma lager rakha nepal sarkar timi sasak haru ko aali kati dimak chha vane

  •  0 Reply

तपाईको प्रतिक्रिया