तीन महिनापछि नेकपा प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत
 

 कात्तिक ५, २०७५ सोमबार १८:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ता पदबाट दिएको राजीनामा तीन महिनापछि अस्वीकृत भएको छ ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले नेता श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा 
अस्वीकृत गरेको हो ।  

श्रेष्ठले डा.गोविन्द केसी अनसनमा रहेका बेला पार्टी नेतृत्वलाई जानकारी नदिई भेट्न गएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउनुभएको थियो । 

प्रधानमन्त्री ओलीसँगको मतभेदपछि श्रेष्ठले गएको साउन ७ गते प्रवक्ता पदबाट राजीनामा दिनुभएको थियो । 

साउन ७ गते बसेको नेकपाको सचिवालय बैठकमा ओली र श्रेष्ठबीच विवाद भएको थियो । बैठकमै नेता श्रेष्ठले ‘तपाईँहरूको प्रवक्ता पद तपाईँहरु नै राख्नुहोस्’ भनेर राजीनामा दिएर बाहिरिनुभएको थियो । 

राजीनामा दिएको तीन महिनापछि नेता श्रेष्ठले दिएको राजीनामा सचिवालय बैठकले अस्वीकृत गर्ने निर्णय भएको बैठकपछि श्रेष्ठले जानकारी दिनुभयो । 
नेकपाको सचिवालय बैठक पुनः ७ गते बस्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया