गुण्डागर्दी गर्ने वडा अध्यक्ष धरौटीमा छुटे

 कात्तिक ८, २०७५ बिहिबार १४:४४:३९ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– सर्वसाधारणलाई गुण्डागर्दी शैलीमा कुटपिट गर्ने मानेभञ्ज्याङ गाउँपालिका वडा नं–६ थाक्लेका वडा अध्यक्ष हेमराज राई धरौटीमा छुटेका छन् । 

जिल्ला प्रशासन कार्यालयमा २० हजार धरौटी बुझाएर राई छुटेका हुन् । मादक पदार्थ सेवन गरेर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई कात्तिक ४ गते पक्राउ परेका थिए । 

उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । राजनीतिक दबाबपछि उनलाई हतार हतार काजगपत्र मिलाएर धरौटीमा छोडिएको पीडितले बताएका छन् ।

अनुसन्धान सकिएपछि धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौड्यालले जानकारी दिनुभयो । बुधबार साँझ ६ बजे राईलाई थुनामुक्त गरिएको थियो । 

स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षेत्रमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया