‘प्रहरीको सीआइडी हुँ’ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ

 कात्तिक १०, २०७५ शनिबार १९:६:३९ | सन्तोष थापा
unn.prixa.net

पर्वत – प्रहरीको घुमुवा हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । 

पर्वतको कुश्मा नगरपालिका वडा नं–५, का सरोज परियार र रसिद दिनलाई ‘प्रहरीको सीआइडी हुँ’ भन्दै लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो । 

कुस्मामा लुकिछिपी हिँड्दै गरेको अवस्थामा परियार र दिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

उनीहरुले  कुस्मा नगरपालिका–७, का  रन्जित पौडेल र अभिषेक परियारको साथबाट २ वटा मोवाइल सेटहरु, साउण्ड सिस्टम र नगद ४ हजार ५ सय रुपैयाँ लुटपाट गरेका थिए ।  

पक्राउ परेका परियार र दिन यसअघि पनि बिभिन्न अपराधमा संलग्न भएको पाइएको छ । 

दिनलाई २ पटक जिल्ला प्रहरी कार्यालय पर्वतवाट चोरी गरेको आरोपमा सार्वजनिक मुद्दा चलाइएको थियो भने एक  पटक ज्यान मार्ने उद्योगको मुद्धा चलेको थियो । 

यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीवाट लागु औषध मुद्धामा अनुसन्धान भएको प्रहरीले जनाएको छ । उनले यसअघि जिल्ला प्रहरी कार्यालय पर्वतवाट चोरी मुद्धामा संलग्न भई जिल्ला कारागार पर्वतवाट सजाय भुक्तान समेत गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया