फाप्ला त स्वस्तिमालाई टेम्पो ?

 कात्तिक १२, २०७५ सोमबार १३:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो समयका व्यस्त नायिकाहरुमध्येकी एक हुन् स्वस्तिमा खड्का । पछिल्लो समय उनी अभिनित चलचित्रहरु प्रदर्शनमा त आइरहेका छन् नै  । उनी छायांकन हुन बाँकी चलचित्रहरुमा पनि अनुबन्धित भइरहेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘जय भोले’ले आफ्नो लगानी सुरक्षित गरिसकेको छ । प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ३’ मापनिउनले विशेष भूमिका निर्वाह गरेकी छिन् । 

केही समयअघि मात्रै चलचित्र बुलबुलको छायाकंन सकाएकी उनी यतिबेला ‘दालभात तरकारी’को तयारीमा छिन् । सँगै उनी विकासराज आचार्यले निर्माण गर्न लागेको आउँदो चलचित्र ‘हजार जुनीसम्म’ मा पनि अनुबन्धित भइसकेकी छिन् । 

चलचित्र ‘होस्टेल रिटन्र्स’मार्फत चलचित्र नगरीमा उदाएकी स्वस्तिमालाई एउटा गीतले करिअरमा चर्चा र  सफलता दियो । चलचित्र निर्देशक तथा स्वस्तिमाका श्रीमान निश्चल बस्नेतसँग चलचित्र ‘दुई रुपैयाँ’मा समावेश ‘कुटमा कुटु’बोलको गीतमा काम गरेपछि स्वस्तिमाको करिअर निरन्तर अघि बढेको छ । त्यस्तै यही गीतको सफलतापछि उनले चलचित्र ‘छक्का पञ्जा २’ मा पनि काम गर्ने अवसर प्राप्त गरिन् । 

यसअघि अभिनय गरेका सबै चलचित्रहरुमा भन्दा फरक भूमिकामा देखिन लागेको चलचित्र हो ‘बुलबुल’ । नायिका स्वस्तिमा खड्का यतिबेला चलचित्र ‘बुलबुल’माउनले निर्वाह गरेको भूमिकाका कारण चर्चामा छिन् । चलचित्रमा उनले एक ट्याम्पु चालिकाको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनको ‘रणकला’नाम गरेकी महिलाको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी बताइएको छ ।  

साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । नेपाली चलचित्र ‘साँघुरो’का लेखक विनोद पौडेलले  यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका छन् । चलचित्रले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गरेको छ । निर्माता अविरल थापाले बताएअनुसार चलचित्रको रिलिज भ्यालेन्टाइन डेको अवसरमा हुने बताइएको छ । 

यसै चलचित्र ‘बुलबुल’मा खुद्राखुद्री’बोल गीतको रिलिज फरक हिसाबले गर्ने तयारी गरिएको छ । त्यस गीतलाई लोक लयमा निर्माण गरिएको छ । ‘खुदाखुद्री’बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ । कात्तिक १५ गते काठमाडौंको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा गीत रिलिज गर्ने तयारी भइरहेको बताइएको छ ।

यस गीतको छायांकन गर्न निकै कठिन भएको निर्माण पक्षको भनाई छ । २५ वटा भन्दा धेरै टेम्पो र १०० वटा भन्दा धेरै कारहरुलाई समायोजन गरेर चलचित्रमा समावेश त्यस गीतको छायांकन गरिएको निर्देशकको भनाई छ । 

त्यस गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यो गीतमा स्वस्तिमाका श्रीमान निश्चल बस्नेत र रजिना रिमालको स्वर सुन्न सकिन्छ । गीतमा कोशिष क्षेत्रीको शब्द तथा संगीत छ । 

‘नेपाली मितिअनुसार फागुन ३ गते चलचित्र रिलिज गर्ने निर्णय गरेका छौं, ‘थापाले भने, ‘डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोच अनुरुप फागुनको समय राखेका हौँ ।’ चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ ।  चलचित्रलाई पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया