मेची राजमार्गकाे फुङलिङ–काबेली खण्डमा पहिराे, यात्रुको बिजोग

 साउन ११, २०८० बिहिबार १४:३३:४० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – मेची राजमार्गअन्तर्गत ताप्लेजुङकाे फुङलिङ–काबेली खण्डकाे खाेक्से क्षेत्रमा गए राति गएको पहिरोका कारण सडक बन्द भएको छ ।

गए राति झरेको पहिरो पन्छाउन शुक्रवारसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिनुभयाे । पहिरोमा ठूल्ठूला ढुङ्गा आएकोले एक्स्काभेटर नै झिकाउनुपर्ने अवस्था आएकाे उहाँले बताउनुभयाे । सडक डिभिजन कार्यालय इलामबाट एक्स्काभेटर झिकाउनुपर्ने भएकाले सडक खुल्न ढिला हुने भएकाे हाे ।

अहिले बाटो बन्द भएपछि झापाको बिर्तामोड, इलाम, पाँचथर जिल्लाका साथै विभिन्न क्षेत्रबाट आएका बस, जीप र ट्रक बीच बाटाेमै राेकिएका छन् । गाडी बीच बाटाेमै राेकिँदा बिहानैदेखि हिँडेका यात्रुकाे बिजाेग भएकाे छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया