बर्दियाकाे ठाकुरबाबा डुबानमा, जनप्रतिनिधिसहितको टोली उद्धारमा

 साउन २३, २०८० मंगलबार १२:२८:५५ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाकाे ठाकुरबाबा नगरपालिका डुबानमा परेकाे छ ।

स्थानीय खाेला र बर्दिया राष्ट्रिय निकुञ्जबाट आएकाे बाढीका कारण ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २, ७ र ८ मा पर्ने विभिन्न गाउँका ६० वटाभन्दा बढी घर डुबानमा परेका हुन् । 

नगरपालिकाको वडा नम्बर २ मा पर्ने आम्बासा गाउँका ३५ वटाभन्दा बढी घर डुबानमा परेका वडा नम्बर २ का वडाअध्यक्ष कमल चपाईँले बताउनुभयो ।

यस्तै, वडा नम्बर ७ काे कर्मेला टोल र ८ भुडकैया कालीगौडी आसपासका टोलका  केही घर डुबानमा परेका नगरपालिकाकी उपमेयर विनाकुमारी भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाबाट मेयर तिलकराम लम्साल, उपमेयर विनाकुमारी भट्टराईसहित वडाअध्यक्ष, वडा सदस्य, स्थानीय समाजसेवी र स्थानीयबासिन्दाहरु डुबानमा परेकाहरुकाे उद्धारमा खटिएका छन् । डुबानमा परेकाहरुलाई राेबर बाेटकाे सहायतामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएकाे छ । 

यस्तै, गएरातिदेखिको अविरल वर्षाले बबई नदीमा पानीकाे सतहले खतरा तह पार गरेकाले दिउँसो २ बजेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया