विश्व हात्ती दिवस : बर्दियामा घरपालुवा हात्तीलाई फलफूल खुवाएर मनाइयो (तस्बिरसहित)

 साउन २७, २०८० शनिबार १३:३३:५० | भावुक योगी
unn.prixa.net

बर्दिया – आज विश्व हात्ती दिवस, बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र हात्तीसारमा हात्तीलाई फलफूल खुवाएर मनाइएकाे छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी निकुञ्जको जैविक विविधता तथा वन्यजन्तु संरक्षण अभियनमा जुटेका चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले हात्ती दिवस मनाएका हुन् । दिवसमा हात्तीलाई फलफूल खुवाएर मनाइएकाे निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत बद्रिविनोद दाहालले जानकारी दिनुभयो ।

बर्दिया निकुञ्जमा रहेको एसियाकै सबैभन्दा ठूलो हात्ती राजगजको सम्झनामा हात्तीसारमा राजस्तम्भ (खमारी) गाडिएको छ ।

थारु समुदायको परम्परा र हिन्दू धर्म परम्परा अनुसार हात्तीको पूजा गरिन्छ । हात्ती दिवस भने हात्तीलाई फलफूल खुवाएर मनाउने गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो ।

क्यानडाकी प्याट्रीसिया सिम्स र थाइल्यान्डकी रानी सिराकितको पहलमा झन्डै ११ वर्षअघि १२ अगस्ट २०१२ देखि हात्ती दिवसको शुरुवात भएको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेश कुमार थापाले बताउनुभयो ।

विश्व हात्ती दिवस विशेषगरी हात्ती संरक्षणमा लागेका संसारभरिका संघसंस्था, समूह र व्यक्तिहरु एकसाथ सहभागी भइ हात्ती विरुद्धका मुद्दाहरुको बारेमा आवाज उठान गर्ने एउटा मञ्च भएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया