कतार विश्वकप २०२२ : यस्ता बन्दैछन् रंगशाला(तस्बिरसहित)

 कात्तिक १४, २०७५ बुधबार १४:५७:४ | एजेन्सी
unn.prixa.net

रुसमा सम्पन्न विश्वकप फुटबल २०१८ सकिएको केही महिनापछि नै सम्पूर्ण फुटबलप्रेमीहरुको ध्यान कतारले तानेको छ । नजाओस् पनि किन, सन् २०२२ मा फुटबलको कुम्भमेला मानिने आयोजना गर्दैछ । 

क्षेत्रफलका हिसाबले सानो खाडी देश कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्रसमेत बन्नेछ । त्यतिमात्रै होइन, गर्मी हुने भएकाले २०२२ को विश्वकप फुटबल हिउँदमा आयोजना हुनेछ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले केही दिनअघि विभिन्न रंगशालाको अनुगमन गर्दै कतारले तयार पारेको भौतिक पूर्वाधारको प्रशंसा गरेका छन् । इन्फान्टिनोले रुस विश्वकप अहिलेसम्मकै उत्कृष्ट भएको बताउँदै विश्वकप फुटबल २०२२ अझ राम्रो हुने बताए । 

कतारले सन् २०१० मा अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र अमेरिकालाई पछि पार्दै २०२२ को आयोजना गर्ने अधिकार प्राप्त गरेको हो । 

कतारले छोटो समयमै विश्वकपका लागि पूर्वाधार त तयार पार्यो । तर पूर्वाधार निर्माणमा श्रम शोषण भएको भनेर उसको आलोचना पनि भैरहेको छ । अहिलेसम्म भौतिक पूर्वाधार निर्माण गर्दै गर्दा तीन जना मजदुरले ज्यान गुमाए । त्यस्तै रंगशालामा निर्माणमा संलग्न ९ जना मजदुरले ज्यान गुमाए ।

विश्वकपका लागि पूर्वाधार निर्माणमा २६ हजार व्यक्ति प्रत्यक्ष संलग्न रहेका छन् । कतारले विभिन्न शहरमा ८ वटा रंगशाला निर्माण गर्दैछ । अल वक्राह तथा अल बायत रंगशाला यही डिसेम्बरसम्ममा पूर्ण रुपमा तयार भैसक्नेछ । सबै रंगशालाहरु प्रतियोगिता सुरु हुनुभन्दा  दुई वर्ष पहिले नै तयार भैसक्नेछन् ।

हेर्नुहोस् कुन रंगशाला कस्ता छन् ?

खालिफा इन्टरनेसनल स्टेडियम

दोहामा रहेको खालिफा इन्टरनेसनल स्टेडियम सन् १९७६ मा बनाइएको हो । यो रंगशाला विश्वकप २०२२ का लागि पूर्ण रुपमा तयार भैसकेको पहिलो रंगशाला पनि हो ।

४० हजार दर्शक क्षमताको यो रंगशालामा यसअघि गल्फ कप, एसियन गेम्स तथा एएफसी एसियन कपको आयोजना भैसकेको छ ।

अल वक्राह स्टेडियम

४० हजार दर्शक क्षमताको यो रंगशाला अल वक्राह सहरमा रहेको छ । लगभग तयारी भैसकेको यो रंगशालामा अहिले छत हाल्ने काम भैरहेको छ ।

लुसैल स्टेडियम

लुसैल स्टेडियम लुसैल सहरमा रहेको छ । कतारको राजधानी दोहाबाट २३ किलोमिटर उत्तरमा रहेको यो रंगशालामा विश्वकप फुटबल २०२२ को ओपनिङ सेरेमोनी र फाइनल खेल आयोजना हुनेछ ।

अल बायत स्टेडियम

६० हजार दर्शक क्षमताको यो रंगशाला अल खोर सहरमा रहेको छ । यसको बाहिरी बनावट कतारको मरुभूमि झल्किने प्रकारको रहेको छ ।

बनिसकेपछि यस्ताे देखिनेछ अल बायत रंगशालायो रंगशालाको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

एडुकेसन सिटी स्टेडियम

राजधानी दोहादेखि बाहिर रहेको एडुकेसन स्टेडियम कतारको प्रमुख विश्वविद्यालयहरुको बीचमा रहेको छ ।

क्वार्टरफाइनल तहको खेल भएपछि यो रंगशालको आधा क्षमता घटाइनेछ । यहाँ रहेका २० हजार सिट विकासशील देशहरुलाई रंगशाला बनाउन दिइनेछ ।

अल राय्यन स्टेडियम

कतारी क्लब अल राय्यन स्पोर्ट्स क्लबको घरेलु रंगशलालाई नै विश्वकपका लागि तयार पारिँदैछ । यसको क्षमता ४० हजार सिट रहेको छ ।

अल थुमामा स्टेडियम 

४० हजार दर्शक क्षमता रहेको यो रंगशाला दोहाको १२ किलोमिटर दक्षिणमा रहेको छ । यसले अरबी पुरुषले लगाउने परम्परागत टोपी गफियाको झल्को दिन्छ ।

रंगशालाको पृथक संरचनाका कारण यो रंगशालाले आर्किटेक्चरल रिभ्यू फ्यूचर प्रोजेक्ट्स अर्वाड जितेको थियो । 

रास अबाउद स्टेडियम 

समुद्री किनारामा रहेको यो रंगशालाको दर्शक क्षमता ४० हजार रहेको छ । यहाँबाट दोहाको आधुनिक संरचनाहरु स्पष्ट रुपमा हेर्न सकिन्छ ।

तस्बिर - अल जजीराबाट

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया