फाइनल प्रवेशका लागि काठमाडौं रोयल्सले चितवन राइनोजलाई दियाे ९५ रनको लक्ष्य

 कात्तिक १८, २०७५ आइतबार १२:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि जारी खेलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई ९५ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा मात्र ९४ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोडे ।खराव सुरुवात गरेको काठमाडौले १५ रनमा पहिलो विकेट गुमायो ।

उसका ओपनर अमित श्रेष्ठ मात्र ९ रनमा आउट भए । चितवनका बलर सन्नी पटेलले एकै ओभरमा तीन विकेट लिएपछि काठमाडौंले १७ रनमा तीन विकेट खेर फाल्यो ।

पवन सर्राफले खाता खोल्न सकेनन् भने गौरभ तमोर एक रनमा पेभेलियन फर्किए । त्यसपछि नरेश बुढाऐर पनि मात्र एक रनमा आउट भएपछि काठमाडौंले ३० रनमा चार विकेट गुमायो ।

त्यसपछि काठमाडौका लागि विदेशी खेलाडी जयकिशन कोल्सावाला व्यक्तिगत २५ रनमा आउट भएपछि ६८ रनमा पाँच विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आदिल खानले पनि दोहोरो अंक जोड सकेनन् र मात्र आठ रनमा आउट भए ।

एकपछि अर्को विकेट गुमाएको काठमाडौंले स्कोरबोर्डमा अरु १५ रन जोड्दा थप तीन विकेट गुमायो । बलिङतर्फ चितवनका सन्नी पटेलले तीन तथा स्मीत पटेल र भुवन कार्कीले दुई दुई विकेट लिए ।

चितवनले जवाफी ब्याटिङ सुरु गरिसकेकाे छ । यतिबेला चितवन ५ अाेभरकाे समाप्तिमा २ विकेट गुमाउँदै २३ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया