काम सन्तोषजनक नभएको भन्दै ९ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण माग

 पुस १९, २०८० बिहिबार १०:५०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै नौ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरण मागिएकाहरुमा काठमाण्डौको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सुर्खेतको न्यु भेरी इञ्जिनियरिङ वर्कसप, भारत नयाँदिल्लीको आराभाली इन्फ्रापावर, काठमाण्डौको प्रनिश इन्टरनेशनल प्रालि, काठमाण्डौकै कोशी निर्माण सेवा, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, उदयपुरको मामा भान्जा निर्माण सेवा, काठमाण्डौको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि र पाँचखाल कन्ट्रक्सन प्रालि रहेका छन् ।

विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि शुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा त्यसको समयअवधि पूरा गरेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया