प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाको आग्रह इजरायलद्वारा अस्वीकार

 माघ ५, २०८० शुक्रबार १८:१४:५१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई आफूले अस्वीकार गरिदिएको बताउनुभएको छ ।

अमेरिकासहित इजरायलका सहयोगी देश र विपक्षी देशहरूले पनि लामो समयदेखि निष्क्रिय रहेको दुई राज्यको अवधारणा बिउँताउन आग्रह गरेका छन् । उनीहरूको प्रस्तावअनुसार इजरायल र प्यालेस्टिन सँगसँगै अवस्थित दुई देश हुनेछन् । धेरैले हिंसाको अन्त्यहीन चक्र समाप्त पार्न यो एउटा व्यावहारिक विकल्प हुने बताएका छन् । तर नेतन्याहूले प्रस्तावलाई सिधै अस्वीकार गरेको बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा एउटा प्रश्नको उत्तर दिँदै उहाँले पूर्ण विजय प्राप्त नगरुन्जेल गाजामा आक्रमण जारी राख्ने पनि बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि हिजो नेतन्याहूले जोर्डन नदीको पश्चिममा रहेको सबै भूभागमा सुरक्षा नियन्त्रण हुनुपर्छ भन्नुभएको थियो ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म झन्डै २५ हजार मानिसको ज्यान गएको छ । ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ । धेरै इजरायली अब हमासको नियन्त्रणमा रहेका बन्धकहरू फिर्ता गरेर युद्ध रोक्नुपर्ने पक्षमा देखिन थालेका पनि बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया