प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता

 माघ ७, २०८० आइतबार १२:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँ युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औँ शिखर सम्मेलनमा भाग लिएर बिहान स्वदेश फर्किनुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगान्डा जानुभएको थियो । सम्मेलनमा उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अल्पविकसित देशलाई समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो ।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेको बताउनुभयो । यसैबीच प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दाबित्तिकै रुसले मान्ने स्थिति नरहेको बताउनुभएको छ ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले युगान्डा भ्रमणको क्रममा रुसका उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन भनेको जानकारी दिँदै आफूले र परराष्ट्र मन्त्रीले कुटनीतिक पहल जारी राखेको तर रुसले मानिहाल्ने अवस्था नदेखिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले संसद् अधिवेशन आह्वान हुने बित्तिकै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया