एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित

 फागुन ४, २०८० शुक्रबार १०:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - नेकपा एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित हुनुभएको छ । हिजो सकिएको नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

अध्यक्षका लागि प्रतिस्पर्धामा रहनुभएका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित हुनुभएको हो ।

त्रिपाठीको पक्षमा तीन सय नौ र अधिकारीको पक्षमा दुई सय ३८ मत खसेको थियो । एक सय पाँच सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा, महिला उपसचिवमा उर्मिला रेग्मी, खुला उपसचिवमा भक्तबहादुर लामिछाने निर्वाचित हुनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया