मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउनेबारे एकीकृत समाजवादीमा छलफल

 फागुन ७, २०८० सोमबार ९:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

गएको पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । मन्त्री ज्वालालाई बर्खास्त गर्न नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरुले दबाब दिएका छन् ।

हिजोको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोगले दिएको प्रतिवेदन अध्यययन गरी दोषीलाई कारबाही गरिने बताउनुभएको छ । आयोगले प्रदर्शन र हुलहुज्जत भइरहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकिन नगरि विभागीय मन्त्री पुग्नु मुख्य कमजोरी रहेको भन्दै मन्त्री ज्वालालाई कारबाहीका लागि समेत सिफारिस गरिसकेको छ ।

बालकुमारीमा रहेको ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुुईजना युवाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया