जनस्तरका सामुदायिक संघ–संस्थामा दलीय प्रतिस्पर्धा नगर्न रास्वपाको निर्देशन

 फागुन ९, २०८० बुधबार १८:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी जनस्तरका सामुदायिक सङ्घ–संस्थाको नेतृत्व छनौटमा दलीय प्रतिस्पर्धा नगर्न नेता/कार्यकर्तालाई निर्देशन दिएको छ । केही ठाउँका खानेपानी समिति, उपभोक्ता समिति लगायतमा रास्वपाका व्यक्ति निर्वाचित भएको खबर आएका थिए।

आज रास्वपाले विज्ञप्ति निकालेर विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता/व्यवस्थापन समिति तथा विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिमा राजनीतिक भागबण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत भएको जनाएको छ।

रास्वपाले पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न/नगराउन अनुरोध गरेको छ।

पार्टीको नीति विपरीत क्रियाकलाप गरेको पाइएमा कडा कारबाही गर्ने पनि रास्वपाले चेतावनी दिएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया