वसन्तपुर–ढुङ्गेसाँघु विद्युत् प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

 फागुन २७, २०८० आइतबार १५:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी करिडोर दुई सय २० किलोभोल्ट प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा रहेको वसन्तपुर सबस्टेशनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको ढुङ्गेसाँघु सबस्टेशनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ ।

तमोर नदी तथा तमोरका सहायक खोलानालाहरूमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरूको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ३५ किलोमिटर लामो प्रसारण लाइनमा एक सय २७ वटा टावर निर्माण गरिएका छन् ।

प्रसारण लाइन निर्माणले ताप्लेजुङमा निर्माण सम्पन्न हुने चरणमा रहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनाको बिजुली प्रवाहमा सहज भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेशनमा जोडिने छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया